Logo

इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानबाट ल्याइँदै (नामावलीसहित)

इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानबाट ल्याइँदै (नामावलीसहित)



काठमाडौँ । हमास आक्रमणका कारण द्वन्द्वग्रस्त इजरायलबाट सरकारले थप १९ नेपालीको उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका १९ नेपालीको उद्धार गरेको हो ।

laxmi

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । ‘१९ नेपाली नागरिक तेल अभिभबाट इण्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ’, उनले सुनाए ।

मन्त्रालयले स्थानीय समयानुसार तेल इजरायलको तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ । मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारीसाधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पु¥याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ । यसअघि पहिलो चरणमा इजरायलबाट सरकारले २५४ नेपालीलाई स्वदेश ल्याइसकेको छ ।

अहिले उद्धार गरिएका १९ नेपालीको नामावली
नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
MBL