Logo

निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो, यस्तो छ नयाँ मूल्य (सूचनासहित)

निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो, यस्तो छ नयाँ मूल्य (सूचनासहित)



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । शुक्रबार रातिबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको हो ।

laxmi

निगमले इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले समायोजन गरिएको बताउदै साविकको खुद्रा मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाएको जानकारी दिएको छ ।

समायोजित मूल्य अनुसार काठमाडौँमा पेट्रोल प्रति लिटर १८३ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेल प्रति लिटर १७३ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL