Logo

धरानमा आज राति १२ बजेसम्म निषेधाज्ञा, सामाजिक सद्भावका लागि सबैको पहल

धरानमा आज राति १२ बजेसम्म निषेधाज्ञा, सामाजिक सद्भावका लागि सबैको पहल



काठमाडौँ । धरानमा सामाजिक आस्था र सदभावमा आँच पुग्ने गतिविधि हुन नदिन नदिन सबै पक्षले पहल गरेका छन् । विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक अगुवाहरुले धार्मिक र सामाजिक सद्भाव कायम राख्न लागि पहल गरेका हुन् । स्थानीय प्रशासनले पनि सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाएको छ ।

laxmi

धर्ना, जुलुस, भेला गर्न नपाउने गरी धरानमा आज (शनिबार) राति १२ बजेसम्म निषेधाज्ञा लगाएको छ । धरानमा क्रियाशिल १३ राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्यक्रम नगर्न सबैलाई अपिल गरेका छन् । उनीहरुले सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव बिग्रिने खालका कुनै सामग्री पोष्ट र शेयर नगर्न आग्रह गरेका छन् ।

दलहरुले संयुक्त विज्ञप्तिमा सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पु¥याउने गतिविधि नगर्न अनुरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा पार्टी लगायत दलका नेताहरुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL