Logo

यी हुन मालपोतको राजस्व चुहावट गर्ने कर्मचारी, ६ जनाविरुद्ध अख्तियारले गर्यो मुद्दा दायर

यी हुन मालपोतको राजस्व चुहावट गर्ने कर्मचारी, ६ जनाविरुद्ध अख्तियारले गर्यो मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावटको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । मालपोत कार्यालय वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्रसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

laxmi

यस कार्यमा मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनद कुमार द्वीवेदी ब्रह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, ना.सु. रामेश्वर प्रसाद साह र ना.सु. लेखनाथ भट्टराई संलग्न रहेका छन् । उनीहरुले मालपोत कार्यालयको वीरगंजको रजिष्ट्रेशन फाँट क) र ग) बाट २०७३ साल साउन २ गतेका दिन रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्‍कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना गरेको पाइएको छ ।

लिखतहरु पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा आफूले पूरा गर्नुपर्ने तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट चार लाख २५ हजार ५३१ रुपैयाँ राजस्व चुहावट भएको छ । ओरोपी रामेश्वर प्रसाद साहलाई बिगो ७ लाख ५१ हजार ८०९ रुपैयाँ र कमोद तिवारीलाई २३ हजार ४९५ रुपैयाँ पबगो माग गरिएको छ ।

त्यस्तै, चन्द्र बहादुर भण्डारीलाई चार लाख ७८ हजार ८०८ रुपैयाँ, लेखनाथ भट्टराईलाई ३९ हजार, हरिनारायण मिश्रलाई ६१ हजार २४३ रुपैयाँ, सनद कुमार द्वीवेदी ब्रह्मणलाई २ लाख २७ हजार ५५६ रुपैयाँ बिगोसहित जरिवाना माग गरिएको छ । उनीहरुविरुछ आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL