Logo

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले ओरालो लागेको हो ।

laxmi

यसअनुसार आज बजारमा सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार भने सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै चाँदीको मूल्य भने गत हप्ताको शुक्रबारदेखि स्थिर छ । यसअनुसार आज बजारमा चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL