Logo

काठमाडौंको तारकेश्वरमा पहिरो, घर पुरिदा बाबु र छोरीको मृत्यु

काठमाडौंको तारकेश्वरमा पहिरो, घर पुरिदा बाबु र छोरीको मृत्यु



काठमाडौं । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।

laxmi

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।

उनका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन । उनको प्राथमिक उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL