Logo

एनआइसी एसिया बैंकको नाफा १०.३५ प्रतिशत बढ्यो, चुक्ता पुँजीभन्दा रिजर्भमा बढी

एनआइसी एसिया बैंकको नाफा १०.३५ प्रतिशत बढ्यो, चुक्ता पुँजीभन्दा रिजर्भमा बढी



काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैेंकको खुद नाफा १०.३५ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानी ९.५८ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

laxmi

बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढ्दा खुद नाफा बढन टेवा पुगेको देखिन्छ । गत आवको अन्त्यसम्म बैंकको सञ्चालन नाफा पनि १४.४५ प्रतिशतले बढेर ६ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा ५ अर्ब ९६ करोड रुपैयाँ बराबर थियो । यसैगरी, बैंकको खुद ब्याज आम्दानी यस अवधीसम्म ९.५८ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुगेको छ ।

यस अवधीसम्म बैंकको रिजर्भ कोष चुक्ता पुँजी भन्दा बढी छ । बैंकको रिजर्भमा १४ अर्ब ३८ करोड ८४ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । यता, चुक्ता पुँजी भने ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँमा स्थिर छ । प्रतिसेयर आम्दानी पनि आकर्षक देखिएको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ३.७७ रुपैयाँले बढेर ४०.२२ रुपैयाँ कायम भएको छ । यस बैंकको प्रतिसेयर नेटवर्थ २५६.४१ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL