Logo

सुनको मूल्य ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा पनि गिरावट

सुनको मूल्य ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा पनि गिरावट



काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार यसको मूल्य १ लाख १३ हजार रुपैयाँ थियो ।

laxmi

बुधबार तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार यसको भाउ प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँ थियो ।

बुधबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL