Logo

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो दिन आईतबार सुनको मूल्य केहि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको हो ।

laxmi

गएको शुक्रबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको छ । यसअघि शुक्रबार मात्रै चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL