Logo

बैंकहरु आफुखुसी ब्याजदर निर्धारण गर्न स्वतन्त्र, साउनमा ब्याजदर घट्ने

बैंकहरु आफुखुसी ब्याजदर निर्धारण गर्न स्वतन्त्र, साउनमा ब्याजदर घट्ने



काठमाडौं । बैंकहरुले साउन महिनाबाट आफुखुसी ब्याजदर निर्धारण गर्न पाउने भएका छन् । नेपाल बैंकर्स संघकोे बिहीबार बसेको बैठकले बैंकहरुले आफुखुसी ब्याजदरबारे निर्णय गर्न सक्ने गरि सबै सदस्य बैंकलाई सुविधा दिने निर्णय गरेको हो । बैठकमा बैंकहरुले ब्याजदरमा कार्टेलिङ गरेको आरोप लाग्न थालेपछि बैंकको ब्याजदर निर्धारण खुला छाड्ने कि घटाउने भन्ने विषयमा छलफल भएको थियो ।

laxmi

सो छलफलपछि ब्याजदर निर्धारणमा बैंकहरुलाई स्वतन्त्र छाडने संघले निर्णय गरेको हो । यससँगै साउनमा बैंकको ब्याजदर घटने आँकलन गरिएको छ । ब्याज दर घटाउने निर्णय हुँदा ९.९९ प्रतिशतको दर ९ प्रतिशतमा आउने छ । खुला छाड्दा भने कुनैले घटाउन वा बढाउनुका साथै स्थिर पनि छाड्न सक्छन् । त्यो ब्याजदर भने साउन १ गते मात्र सार्वजनिक हुन्छ ।

सरकारले नै ब्याजदरमा कार्टेलिङ गरेको आरोप लगाइरहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले एक सार्वजनिक कार्यक्रमका बैंकहरुले मिलेमतोमा ब्याजदर निर्धारण गर्ने गरेको आरोप लगाएका थिए । मन्त्री डा महतले बैंकको ब्याज संघले नभई सम्बन्धित बैंकले तोक्नुपर्ने बताएका थिए ।

हाल बैंकहरुको सिडी रेसियो (कर्जा निक्षेप अनुपात) असार २४ गतेसम्म ८१.६९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सिडी रेसियोको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । हाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरुले निक्षेपको लगभग ९ प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने छन् ।

यसअनुसार हेर्दा बैंकहरुले ४ खर्ब रुपैयाँ बराबर कर्जा लगानी गर्न पाउने अवस्था रहेको छ । यस्तै बैंकहरुसँग असार २४ गते ५७ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वाणिज्य बैंकहरुको कुल निक्षेप ५० खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । असार २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL