Logo

काठमाडौंका कलेजलाई बालेनको निर्देशन : भर्ना कार्यक्रम कम्तिमा १५ दिन संचालन गर्नु

काठमाडौंका कलेजलाई बालेनको निर्देशन : भर्ना कार्यक्रम कम्तिमा १५ दिन संचालन गर्नु



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका कलेजलाई कक्षा ११ को भर्ना कार्यक्रम कम्तिमा १५ दिन संचालन गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै काठमाडौंभित्रका ११ कक्षा माथि पढाई हुने कलेजलाई उक्त निर्देशन दिएको हो ।

laxmi

पछिल्लो समय एसईई परिक्षाको नतिजा आएको ३ दिनदेखि ७ दिनभित्रैमा धेरैजसो कलेजले भर्ना कार्यक्रम स्थगित गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न यस्तो निर्णय गरेको महानगरपालिका शिक्षा विभागका प्रमुख सितारामा कोईरालाले बताए ।

उनका अनुसार काठमाडौंबाट टाढाका विद्यार्थीहरुले छोटो समयमै काठमाडौंका कलेजमा पढ्न पाउने अवस्थाबाट बन्चित हुनेगरेपछि यस्तो निर्णय गरिएको हो । ‘कुनै कलेजले एसईईको नतिजा आएको ३ दिनमै पनि विद्यार्थीको कोटा सकियो भनेर भर्ना कार्यक्रम बन्द गर्न थाले,’ उनले भने, ‘यस्तो हुँदा टाढाटाढाका विद्यार्थीहरु काठमाडौंमा पढ्न पाउने मौकाबाट बन्चित हुनेभए ।’

उक्त समस्यालाई मध्यनजर गर्दै दूर्गमका विद्यार्थीहरुले पनि काठमाडौं आई पढ्न पाउने अवसर प्रदान गर्न उक्त निर्देशन दिएको उनले बताए ।

राष्ट्रिय परिक्षा बोर्डले आजै एसईई परिक्षाको नतिजा सार्वजनिक गर्ने बताएको छ । सोही अनुसार महानगरपालिकाले पनि महानगरभित्र संचालित विद्यालयलाई उक्त निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL