Logo

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य एकैदिन ४० रुपैयाँले बढेर १४ सय ५५ रुपेयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL