Logo

बैशाखमा साढे ११ अर्बको लगानी प्रतिवद्धता, अघिल्लो वर्षभन्दा २० अर्ब बढीले गिरावट

बैशाखमा साढे ११ अर्बको लगानी प्रतिवद्धता, अघिल्लो वर्षभन्दा २० अर्ब बढीले गिरावट



काठमाडौं । यो क्यालेन्डर बर्षको पहिलो महिना बैशाखमै करिव साढे ११ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख १ देखि ३१ गतेसम्म विभिन्न ३१ परियोजनामार्फत ११ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता स्वीकृत भएको हो ।

laxmi

यो गत बर्ष बैशाखको तुलनामा भने करिव २० अर्ब रुपैयाँले कम हो । गत बर्षको बैशाखमा नेपालमा विभिन्न ३३ परियोजनामार्फत ३० अर्ब ८१ करोड रुपैयाँ बढीको स्वदेशी लगानी प्रतिवद्धता आएको थियो ।

उद्योग विभागका अनुसार यो बर्षको बैशाखमा गत बर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक क्षेत्रमा मात्रै करिव १० अर्ब रुपैयाँले लगानी प्रतिवद्धता घटेको छ । गत बर्ष बैशाखमा १७ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उत्पादनमुलक क्षेत्रमा यो बर्ष जम्मा ७ अर्ब रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको छ ।

यस्तै गत बर्ष विभिन्न ७ क्षेत्रका परियोजनामार्फत लगानी प्रतिवद्धता आएकोमा यसपल्ट ४ ओटा क्षेत्रमा मात्रै लगानी प्रतिवद्धता आएको छ । यस बर्षको बैशाखमा उर्जा, पूर्वाधार र कृषि क्षेत्रमा लगानी प्रतिवद्धता नै नआएको देखिन्छ । गत बर्षको बैशाखमा उर्जा क्षेत्रमा मात्रै ९ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

चालु बर्षको बैशाखमा आएको स्वदेशी लगानी प्रतिवद्धतामध्ये उत्पादनमुलक क्षेत्रका १७ परियोजनामार्फत ७ अर्ब ३७ करोड ७० लाख रुपैयाँ र सेवामुलक क्षेत्रका १० परियोजनामार्फत १ अर्ब २ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यस्तै यस अवधिमा पर्यटन क्षेत्रका ३ र सूचना तथा संचार क्षेत्रको एक परियोजनामार्फक्र क्रमशः ३ अर्ब ४० करोड र २ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL