Logo

नेपालबाट १३ अर्ब ६२ करोड लाभांश विदेश पुग्यो, रोयल्टीमात्रै २ अर्ब बाहिरियो

नेपालबाट १३ अर्ब ६२ करोड लाभांश विदेश पुग्यो, रोयल्टीमात्रै २ अर्ब बाहिरियो



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना अर्थात गएको साउनदेखि चैत मसान्तसम्म साढे १३ अर्ब रुपैयाँ बढी लाभांश बाहिरिएको छ । प्रत्यक्ष वैदेशिक लगानीमार्फत विदेशी लगानीकर्ताहरुले यस अवधिमा १३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ बराबरको लाभांश फिर्ता लैजाने स्वीकृत पाएका हुन् ।

laxmi

उद्योग विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार चैत महिनामा मात्रै यसरी विदेशी लगानीकर्ताहरुले ३ अर्ब २४ करोड ५३ लाख रुपैयाँ विदेश लैजाने स्वीकृति पाएका छन् । यता विदेशी लगानीकर्ताहरुले रोयल्टीवापत पनि उत्तिकै रकम विदेश फिर्ता लैजान स्वीकृति पाएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा विभिन्न विदेशी कम्पनीहरुले नेपालमा स्थापित विदेशी ब्रान्डका कम्पनीबाट रोयल्टीवापत २ अर्ब ११ करोड नेपाली रुपैयाँ फिर्ता लैजाने स्वीकृति पाएका छन् । यस्तै यसै अवधिमा १२ लाख ४५ हजार अमेरिकी डलर, ३० करोड ६२ लाख भारतीय रुपैयाँ र ७ हजार युरो पनि रोयल्टी शीर्षकमा फिर्ता लैजानका लागि विभागले स्वीकृति प्रदान गरेको छ ।

यता यस अवधिसम्म लगानी प्रतिवद्धता भने २८ अर्ब ११ करोड रुपैयाँ बराबरको भएको देखिन्छ । पछिल्लो ९ महिनामा १ सय ९२ परियोजनामार्फत उक्त लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । लगानीको प्रतिवद्धता आएका कम्पनीमार्फत १० हजार ९ सय २७ जनाले रोजगारी पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL