Logo

महासंघमा व्यवसायीका समस्या बोक्ने इमान्दार नेतृत्व आवश्यक छ, त्यो व्यक्ति मै हुँ : उमेशलाल श्रेष्ठको अन्तर्वार्ता

महासंघमा व्यवसायीका समस्या बोक्ने इमान्दार नेतृत्व आवश्यक छ, त्यो व्यक्ति मै हुँ : उमेशलाल श्रेष्ठको अन्तर्वार्ता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यहीँ चैत २९ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनले महासंघको वरिष्ठ उपायक्ष्य अर्थात अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यक्ति चयन गर्दैछ । उक्त निर्वाचनमा सफल व्यवसायिक व्यक्ति उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । अहिले देखिएका उद्यमी व्यवसायीका समस्या, समाधानको उपाय आसन्न निर्वाचनमा विषयमा केन्द्रित रहेर सफल उद्यमी, क्वेष्ट फर्मास्युटिकल्समा प्रबन्ध निर्देशक, महासंघको पूर्व उपाध्यक्ष एवं आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठसँग गरिएको कुराकानीको सार :

laxmi

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिक आईसकेको छ । चुनावी तयारी कस्तो छ ?

चुनावको लागि आवश्यक सबै तयारी रणनीतिक रुपमा अघि बढेका छौं । अहिले पनि जिल्ला तथा नगर, वस्तुगत र एसोसिएट्सतर्फका साथिहरुलाई भेट्ने काम भैरहेको छ । मैले करिव १ वर्षयता प्रायःजसो जिल्ला भ्रमण गरेर व्यवासीका समस्याहरुलाई नजिकसँग बुझेको छु भने सम्बन्धित जिल्ला अध्यक्षहरुसँग पनि कसरी समस्या समाधान गर्ने भन्ने विषयमा निरन्तर सम्बाद भैरहेको छ । चुनाव भनेको अंकगणीतीय खेल हो । उक्त अंक गणितमा हाम्रो समुहल चुनाव जित्नेगरी अघि बढेको छ । अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा पहिलो चरणमै चुनाव जित्नेछौं ।

महासंघमा तपाईंको उम्मेदवारी किन ?

पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको साख गिर्दाे छ । तल्लो तहका उद्यमी व्यवसायी तथा व्यापारीको समस्या राम्रोसँग नसुनेको होकी भन्ने गुनासो धेरै आईरहेको । म पनि एक मझौला उद्यमी भएकाले गर्दा नेतृत्वमा पुगेर साना तथा मझौला उद्यमीका हकहितमा काम गर्नुपर्छ भनेर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु । अहिले महासंघको गिरेको साखलाई माथि उठाउँदै पहिलेको जस्तै उच्च सम्मान भएको संस्थाका रुपमा पुनः स्थापित गराउने दायित्व हामी माथि आएको छ । अहिले देश आर्थिक रुपमा संकटमा छ भने उद्यमी व्यवसायीहरु अझ बढी मारमा पर्नुभएको छ । यस्तो अवस्थमा उद्योगी व्यवसायीको समस्या समाधान गर्दै देशको अर्थतन्त्रलाई मजबुद बनाएर अघि बढाएन एक कुशल पाईलटको रुपमा महासंघलाई क्याप्टेनशीप दिन अघि बढेको छु ।

सबै जसो उद्योगी व्यवसायीले महासंघले व्यवसायीका एजेण्डा उठान गर्न सकेन महासंघको साख गिर्यो भनिरहेका छन् । खासमा पछिल्लो समय महासंघको साख किन गिर्दैछ ?

पद पाईसकेपछि पदमा पुग्नुभन्दा अघि उद्योगी व्यवसायीहरुबीच गरेका वाचाहरु विर्सिए । अहिले महासंघमा भएकै त्यहिँ हो । विभिन्न एजेन्डा बोकेर चुनाव लडेका पदाधिकारीहरु पदमा त पुगे तर, अगाडी गरेका वाचाहरु विर्सिदा महासंघमा यसको गम्भिर असर पर्याे । त्यति मात्रै भएन पदमा पुगेका पदाधिकारीहरुले आफ्नो फेवरमा मात्रै निर्णय गरे जसका कारण महासंघको साख पहिलेको तुलनामा केहि गिरेको जस्तो महशुस भएको छ । नेपालभर आफ्नो संजाल भएको नेपाल सरकारपछिको सबैभन्दा ठुलो संस्था नै महासंघ हो । प्रतिष्ठित इतिहास र ७७ वटै जिल्लामा संजाल पुगेको संस्था भएपनि नेतृत्वमा पुग्ने व्यक्तिहरु स्वार्थकेन्द्रित हुँदा व्यवसायीले जायज माख राख्दा पनि सरकारले सुनुवाई नगरिहेको अवस्था छ । रहरले नभई बाध्यताले केही समयअधि हामी सरकार र नेपाल राष्ट्र बैंकको गलत नीतिका विरुद्ध सडक आन्दोलनमा उत्रिएका थियौं । तत्कालका लागि व्यवसायीको आन्दोलन त रोकियो तर अहिलेसम्म मागहरु सम्बोधन भएका छैनन् । तसर्थ अबका दिनमा महासंघले व्यवसायीक हकहितमा कुनै जायज माग अघि सार्छ भने सरकारले तत्काल सम्बोधन गर्न सक्ने अवस्था बनाउनु पर्छ ।

चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? आधार के के हुन् ।

मतभारको परिणाम हेर्दा मैले चुनाव जित्छु । हाम्रो सबैभन्दा बढी मतभार जिल्लामा छ । जिल्लामा असाध्यै राम्रो पकड रहेका हाम्रा जिल्लानगरतर्फबाटका उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठले मलाई सहयोग गरेर आफु पुनः उपाध्यक्षमा उठ्नुभएको छ । यो मेरा लागि सबैभन्दा ठूलो सहयोग र समर्थन हो । अर्काे एसोसिएटतर्फ पनि व्यवसायीका समस्या बुझेका भरतराज आचार्य र वस्तुगततर्फ उद्यमी व्यवसायीका समस्या समाधानका लागि सधै अग्रपंतीमा खट्ने एकदशै मिजासिलो स्वभागका व्यक्ति हेमराज ढकाल हुनुहुन्छ । अर्कोतर्फ वस्तुगत त मैरै आफ्नै क्षेत्र भैहाल्यो ।

यसरी जिल्ला नगर, वस्तुगत र एसोसिएट गरेर पहिलो चरणको चुनावमै ५० प्रतिशत मतभार मेरै पक्षमा आउने सम्भावना अत्याधिक छ । जितको आधार नै यहि हो । पछिल्लो डेढ बर्षको अवधिमा देशका सबैजसो जिल्लाहरुको भ्रमण गरे । उद्यमी व्यवसायी साथीहरुका समस्या र उक्त समस्या समाधान कसरी गर्ने भन्ने विषयमा राम्रोसँग अध्ययन पनि गरेको छु ।
हामी उद्योगी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रुपमा आफुहरु अघि बढेका छौं । मेरो विगतमा गरेको काम नै मेरो योग्यता हो । म निडर छु र व्यवसायिका आवाज बोल्छु । अर्कोतर्फ महासंघमा व्यवसायिका समस्या बोक्ने इमान्दार नेतृत्वको खाँचो छ । जुन व्यक्ति मै हुँ । पक्कै पनि आरदणीय मतदाताहरुले अमुल्य मत दिएर मलाई विजयी गराउनुहुने छ भन्ने आशा र विश्वास छ ।

अनि एसोसिएट्सतर्फका उपाध्क्षका उम्मेदवार भरतराज आचार्यलाई अञ्जन श्रेष्ठ समुहले पनि आफ्नो भनेर दावी गरिहेका छन् । खासमा आचार्य चाहिँ कसको उम्मेदवार हुन ?

यसमा मैले कुनै जवाफ तथा प्रतिक्रिया दिनुपर्छ जस्तो लाग्दैन । भरतजी सुरुदेखिनै मेरै समुहको उम्मेदवार हुनुहुन्थ्यो र अहिले पनि मेरै समहुमा हुनुहुन्छ । अर्को समुहले एसोसिएट्स उपाध्यक्ष पदमा उठ्ने उम्मेदवार पाउनु भएन अन्तिममा आएर मेरै उम्मेदवारलाई समर्थन गरेर सरेन्डर गर्नुभयो । आफुले उम्मेदवार नपाएर हाम्रो समुहलाई समर्थन गर्ने अनि मेरै हो भने प्रचारबाजी गर्न पाइन्छ र ? तसर्थ भरतजी सुरुदेखिनै मेरै समुहमा हुनुहुन्छ र अहिले पनि मेरो समुहको तर्फबाट एसोसिएट्स उपाध्यक्षका प्रत्याशी हुनुहुन्छ ।

महासंघको भावी अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि तपाईँको पक्षमा हुनुहुन्छ भन्ने हल्ला छ नि ?

वहाँ मेरो पक्षमा हुनु भनेको मेरा लागि अत्यन्तै राम्रो पक्ष हो । म सुरुदेखि नै वहाँको नजिक नै छु । हामी सँगसँगै अघि बढेका छौं । वहाँका र मेरा धेरैजसो कुरा र काम गर्ने शैली पनि मिल्छन् । तपाईले जुन प्रश्न गर्नुभयो त्यो नै मेरा लागि ठूलो शक्ति हो ।

उद्योगी व्यवसायी समस्यामा पर्दा पनि महासंघले सरकारसँग लविङ गरेर समस्या समाधान गर्न सकने भन्नै धेरैको गुनासो र आक्रोस छ । यस्ता विषयमा महासंघ किन सशक्त रुपमा अघि बढन् सकेन ?

यस्तो समस्या यसपल्ट अलि बढी जटिल बनेर देखियो । महासंघमा आवद्ध धेरैजसो साथीहरु बैंक ब्याजदर विरुद्ध सडकमा उत्रिईरहँदा महासंघ नेतृत्वले एकशब्द पनि उद्योगी व्यवसायीको पक्षमा बोलेन । उद्योगी व्यवसायीलाई सहयोगको सट्टा उक्त आन्दोलनमा महासंघको संलग्नता नै छैन भनिदियो । तर, निक्कै नै दबाव सिर्जना भएपछि अन्तिममा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर महासंघका पदाधिकारीहरुले फोटो भने खिचाउनुभयो । यो क्रम अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नरसँग पनि जारी रह्यो । तर, सदस्यले आन्दोलनताका राखेका समस्याको समाधान भएन ।

महासंघले लविङ गर्नुपथ्र्याे लविङ गरिएन बरु फोटो मात्रै खिच्ने काम गरियो । यसले महासंघका सदस्यका समस्या सुनुवाई कसरी हुन्छन् ?

उद्योगी व्यवसायी साथिहरु बैंक विरुद्ध आन्दोलनमा उत्रिनु भयो । त्यसमा म पनि सहभागि भए । तर हाम्रो आन्दोलन बैंकप्रति नभई नेपाल राष्ट्र बैंक र सरकारले ल्याएको नीतिको विरुद्ध हुनुपर्छ । त्यसैले यस्ता आन्दोलनहरु सुरुमा बैंकविरोधिजस्ता देखिएपनि खासगरी विरोध राष्ट्र बैंक विरुद्ध थिए । व्यवसायिका समस्याको समाधानका लागि उद्योगी व्यवसायीले उठाएका जायज मागसँग महासंघले ऐक्यवद्धता जनाउन सक्नुपर्छ । तर, महासंघले हामीसँग आवद्ध रहेका सदस्यको हकमा काम गर्न सकेका छैन । यदि आफ्ना सदस्यका समस्या समाधान नगर्ने हो भने महासंघ किन चाहियो ।

चुनाव जित्नुभयो भने के के गर्नुहुन्छ ?

हामीले उठान गर्ने भनेको व्यवसायिक हकहितका एजेण्डानै हुन् । महासंघको नेतृत्वमा पुग्ने व्यक्तिले व्यक्तिगत स्वार्थ राख्नु हुँदैन । राजनीतिक नेता भएको भए फलाना ठाउँमा पुल बनाउँथे, बाटो बनाउँथेलगायतका एजेन्डा हुन्थे । हामीले क्षेत्रका समस्या सरकारमाझ राखेर स्पष्टसँग बुझाउने र समाधान गर्न दबाब दिने हो । हुन त नेपालका राजनीतिज्ञहरु र कर्मचारीतन्त्रले निजी क्षेत्रलाई नबुझेका होईनन्, तर बुझेर बुझ पचाएको जस्तो गरिएको छ । त्यो प्रवृत्तिलाई चिर्नु आवश्यक छ, यो नै मेरो मुख्य एजेन्डा हो । हाम्रा ऐन नियमहरु नै निजी क्षेत्र मैत्री छैनन् । त्यस्ता नीति नियम परिवर्तन गर्न सरकारसँग लविङ गर्नु जरुरी छ ।

महासंघमा चुनाव लड्दा प्यानल बनाएरै लड्नुपर्ने हो ?

हुन त महासंघजस्तो संस्थामा चुनावै नभएको राम्रो । तर, हामी सबैको महत्वाकांक्षाका कारण चुनाव हुन्छ । जुन प्यानल बनाएरै हुन्छ । यो प्रक्रिया धेरै अघिदेखिको हो । करिव ५७ बर्षको इतिहासमा जम्मा ३ पटकमात्रै निर्विरोध निर्वाचित पदाधिकारी आएका छन् । त्यसपछि भने प्यानल बनाएरै चुनाव गरियो र त्यहि अनुसार नतिजा आयो । मैले पनि ५ ओटा चुनाव फेस गरिसकेको छु । केहिमा हारेँ भने केहिमा जिते । तर म चुनावदेखि भने डराउन्न । तर, प्यानल नै बनाएर चुनाव लड्दा सबैजना पदाधिकारीहरु आफ्नै प्यानलको नआएको खण्डमा केहि काम गर्न भने अप्ठ्यारो हुन्छ ।

उद्योगी व्यवसायी (मतदाता) ले तपाईँलाई नै भोट किन दिने ?

मसँग ४५ बर्षको व्यवसायीक अनुभव छ । मैले एकदमै तल्लो तहबाट व्यवसायिक यात्रा सुरु गरेँ । अहिले औषधि, रवर उद्योग, कृषिलगायतका उद्योग संचालन गरिरहेको छु । जसका कारण मैले साना ठुला सबै प्रकारका उद्यमी व्यवसायीको समस्या वुझेको छु भने सवैलाई समान किसिमले समेटेर अघि बढाउन सक्छु । अझ भनौ म एकदमै ईमान्दार मान्छे पनि हो । म जे बोल्छु त्यो गरेर देखाउछु । म कुर्सीको लागि नै जे पनि गर्ने र कुर्सी पाएपछि मतदातालाई बिर्सने भन्ने मानसिकताबाट बाहिर भएको मान्छे हुनाले अन्य भन्दा म योग्य उम्मेदवार हुँ । जिल्ला÷नगर, वस्तुगत, एशोसिएट, द्धिराष्ट्रिय उद्योगी व्यवसायीहरुले तपाईं अघि बढ्नुस् हामी साथ दिन्छौं भन्नु भएको छ । व्यवसायिक हकहितका काम गर्दै महासंघमा नयाँ इतिहास रच्नका लागि पनि मलाई मत दिएर जिताउन सबैमा अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
MBL