Logo

जिल्लामा पकड जमाउँदै उमेशलाल श्रेष्ठ, ५ वटा प्रदेशमा उनी समर्थितहरु प्रदेश अध्यक्षमा सर्वसम्मत चयन

जिल्लामा पकड जमाउँदै उमेशलाल श्रेष्ठ, ५ वटा प्रदेशमा उनी समर्थितहरु प्रदेश अध्यक्षमा सर्वसम्मत चयन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशहरुमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार समर्थित अध्यक्षहरु सर्वसम्मत निर्वाचित भएका छन् । महासंघको विधान अनुसार केन्द्रिय निर्वाचनभन्दा १ महिना अघिदेखि हुनुपर्ने प्रदेश निर्वाचनमा वरिष्ठ उपाध्यक्षका आकांक्षी उमेशलाल श्रेष्ठ समर्थित व्यक्तिहरु सर्वसम्मत अध्यक्ष भएका हुन् ।

laxmi

यसअघि भएको निर्वाचनमा कर्णाली प्रदेशमा पदमबहादूर शाही सर्वसम्मत रुपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । शर्मा यसअघि उमेश श्रेष्ठको टीमबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने तयारी गरेका थिए । तर आफुलाई वरिष्ठ उपाध्यक्षका उम्मेदवारको रुपमा दावी गर्दै आएका दिनेश श्रेष्ठ यसपटक वरिष्ठ उपाध्यक्षमा उमेश श्रेष्ठलाई सघाउने गरी पुनः जिल्ला नगर उपाध्यक्षमा उठ्ने भएपछि शर्माले सोही टीमलाई समर्थन गर्दै लुम्बिनी प्रदेश अध्यक्षमा दोहोरिएका हुन् ।

महासंघको केन्द्रिय निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठलाई महासंघकै पूर्वहरु अध्यक्ष चण्डीराज ढकाल, विनोदबहादूर श्रेष्ठ लगायतको समर्थन रहने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । र सोही अनुरुप उनीहरुकै खेमाबाट प्रदेश अध्यक्षमा सर्वसम्मत चयन हुँदै आएका छन् । यसैगरी महासंघको विधान अनुरुप चैत २९ गतेपछि स्वतः अध्यक्ष हुन लागेका चन्द्रप्रसाद ढकालको पनि आफुलाई साथ रहने श्रेष्ठले बताउँदै आएका छन् ।

यसैगरी शनिवार मात्रै सुदूर पश्चिम प्रदेशमा शंकर बोगटी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । उनी पनि उमेशलाल समुहकै हुन भने मधेष प्रदेशमा पनि उमेशलाल श्रेष्ठले समर्थन गरेको अशोक टेमानी सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् ।

यसैगरी बागमती प्रदेशमा पनि उमेशलाल समुहबाटै दिलसुन्दर श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयत भएका छन् । दिलसुन्दर श्रेष्ठ हालका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ समर्थित भएपनि उनले उमेश श्रेष्ठलाई समर्थन गरेका कारण सो प्रदेशमा पनि उमेशलाल श्रेष्ठ समर्थित व्यक्ति नै अध्यक्षमा सर्बसम्म चयत भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचनमा जिल्ला नगरको ठूलो भुमिका हुने र सबैजसो प्रदेशमा उमेश श्रेष्ठ समर्थित व्यक्तिहरु प्रदेश उपाध्यक्षमा चयन हुँदा यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरको मत भार ५० प्रतिशत रहन्छ भने एसोसिएट्सको ३० र बस्तुगतको २० प्रतशित मतभार रहन्छ । जसका कारण वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि जिल्ला नगरको ठूलो भुमिका रहन्छ ।

यसैगरी आगामी निर्वाचनमा यसअघि वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानले पनि श्रेष्ठलाई नै सहयोग गर्ने सम्बद्ध स्रोतको दावी रहेको छ । यस्तै श्रेष्ठ स्वयमले अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालकै समर्थनमा आफु उढ्न लागेको र महासंघमा गएर उद्योगी व्यवसायीको समस्या समाधान गर्न चन्द्र ढकालको सारथीको रुपमा काम गर्ने विभिन्न कार्यक्रममा बताउँदै आएका छन् । यसैगरी पूर्व अध्यक्ष द्वय ढकाल र श्रेष्ठ, पूर्व उपाध्यक्ष प्रधान र यदि उमेश श्रेष्ठले दावी गरेझै चन्द्र ढकालेको पनि समर्थन हुने हो भने उनले जिल्लामा ६५ प्रतिशतभन्दा बढी मत ल्याउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी महासंघको कोशी र गण्डकी प्रदेशको निर्वाचत हुँदै छ । जसमध्ये कोशी प्रदेशमा उमेशलाल समर्थित व्यक्तिनै सर्वसम्मत रुपमा अध्यक्ष भएर आउने सम्भावना उच्च रहेको उनी सम्बद्ध स्रोतको दावी रहेको छ । यस्तै सोमबार हुने गण्डकी प्रदेशमा हालसम्म दुई जना अध्यक्षका प्रत्यासी देखिएका छन् । सो प्रदेशमा पनि अहिले महासंघको केन्द्रिय तहका नेताहरु सर्वसम्म बनाउन लागि परेका छन् । यदि निर्वाचननै भएपनि श्रेष्ठ समर्थित व्यक्तिनै प्रदेश अध्यक्षमा निर्वाचित हुने उक्त स्रोतको दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL