Logo

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दा, साक्षी झिकाउन विशेष अदालतको आदेश

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दा, साक्षी झिकाउन विशेष अदालतको आदेश



काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणी शर्मा भ्रष्टाचारमा मुछिएका छन् । विशेष अदालतले उनका विरूद्ध ११ अर्ब हिनामिता गरेको भन्दै मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो ।

मुद्दाका प्रक्रिया सुरु भएको करिब ५ वर्षपछि न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरु विशेष दालतमा हाजिर हुनेछन् र अदालतले उनीहरूको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुनः पेसी तोकिनेछ।

कर फर्छ्यौट आयोगका पदाधिकारी शर्मासहित अध्यक्ष लुम्बध्वव महत र सदस्य उमेशप्रसाद ढकालविरूद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित २०७४ साल साउन १ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL