Logo

विदेशबाट मोबाइल ल्याउनेलाई दुःख नदिन प्रधानमन्त्रीको निर्देशन, भन्सार सहजीकरण गर्न अर्थलाई पत्र

विदेशबाट मोबाइल ल्याउनेलाई दुःख नदिन प्रधानमन्त्रीको निर्देशन, भन्सार सहजीकरण गर्न अर्थलाई पत्र



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विदेशबाट मोबाइल ल्याउनेलाई दुःख नदिन निर्देशन दिएका छन् । पछिल्लो समय विदेशबाट फर्केका नेपाली श्रमिकहरुले नेपालमा मोबाइल ल्याउँदा दुःख खेप्नुपरेको कुरामा ध्यानाकर्षण गराउँदै यस्तो दुःख नदिन निर्देशन दिएका हुन् ।

laxmi

यस्तो गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको छ । ‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ प्रधामनन्त्री प्रचण्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL