Logo

महासंघ नेतृत्वप्रति साना तथा मझौला उद्योगी व्यवसायीको आक्रोस, के ठूलालाई समस्या पर्दा मात्रै मन्त्री-प्रधानमन्त्री कहाँ धाउने हो ?

महासंघ नेतृत्वप्रति साना तथा मझौला उद्योगी व्यवसायीको आक्रोस, के ठूलालाई समस्या पर्दा मात्रै मन्त्री-प्रधानमन्त्री कहाँ धाउने हो ?



काठमाडौं । चालूपूँजी कर्जा मार्गदर्शनलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा विभिन्न राजनीति दल, मन्त्री र प्रधानमन्त्रीको ढोका ढक्ढक्याउन पुगेसँगै सेयर लगानीकर्ता र साना तथा मझौला उद्योगी व्यवसायी आक्रोसित बनेका छन् । साना तथा मझौला उद्योगी १ वर्ष अघि देखिनै समस्यामा पर्दा पनि महासंघ नेतृत्वले कुनै वास्ता नगरेको र अहिले राष्ट्र बैंकले ल्याएको चालूपूँजी कर्जा मार्गदर्शनले केही सिमित ठूला व्यवसायीलाई असर पुर्याउँदा बढी छटपटी भएको भन्दै आक्रोसित बनेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा पूँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले महासंघ नेतृत्वमाथि आक्रोश पोख्दै आफ्नो फेसबुकमार्फत लेखेका छन्, ‘धेरै तातो रापले त बाक्लो भाँडो पनि तात्दो रहेछ । गत वर्षनै तातेको पातलो भाडाको हालत के भयो होला एकपटक विचार गरौ त । ‘चालू पूँजी कर्जा भर्सेस सेयर धितो कर्जा’ ।’

सेयर धितो कर्जाले ५० औं लाख लगानीकर्ता मर्कामा पर्दा पनि महासंघ नेतृत्वले कुनै चासो नदेखाएको तर अहिले चालू पूँजी कर्जा मार्गदर्शनले आफुलाई समस्या पर्दा ज्ञापन पत्र बोक्दै राजनीतिक दलका नेता, मन्त्री र प्रधानमन्त्रीसम्म पुगेपछि महासंघ आवद्ध पौडेले लगायत अन्य उद्योगी व्यवसायीले नेतृत्वको आलोचना गरेका छन् ।

यस्तै ठूला उद्योगी व्यवसायीको दबाबकाबीच सरकारले मोटरसाईकल, गाडि, मोबाइल र मदिरा आयात समेत खुला गरेको छ । अहिलेको अवस्थामा उक्त वस्तुको आयात खुला गर्दा अर्थतन्त्रमा अझै बढी ठूलो असर पर्ने भन्दै त्यसप्रतिसमेत आक्रोस पोखेका छन् । सरकारको उक्त निर्णप्रति व्यग्य गर्दै युवा उद्यमी एवं सिभिल बैंक संचालक समितिका अध्यक्ष प्रतापजंग पाण्डेले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अब फेरि नेपाली जनताले नयाँ गाडी चढी, नयाँ मोबाइल बोकी विदेशी मदिरा चियर्स गर्ने भए’ । साथै उनले पनि महासंघ नेतृत्वप्रति व्यग्य गर्दै भनेका छन्–अर्थतन्त्र विग्रेको बल्ल थाहा पाए उद्योगी नेताले, सरकारले चाहिँ सबै सकिएपनि थाहा पाउने होला ।

यसैगरी महासंघ केन्द्रिय सदस्य प्रवलजंग पाण्डेले पनि सरकारले विलासिताको वस्तुको आयात खुला गर्दा अर्थतन्त्रमा झनै समस्या आउने भन्दै संयमित भएर उपभोग गर्नुपर्ने बताएका छन् । अलिहे विश्वनै आर्थिक मन्दीमा गएको र अहिले अन्धाधुन्द लगानीगर्दा भोलीका दिन अझै कस्टकर हुने भन्दै आवश्यक बस्तुमात्रै खरिद गर्नुपर्ने उनको भनाई छ ।

पछिल्लो समय महासंघ अध्यक्ष शेखर गोल्छा चालू पूँजी कर्जा सम्बन्धी मार्ग दर्शनलाई लिएर आफ्नो नेतृत्वमा पदाधिकारीसहित अर्थमन्त्री, उद्योग मन्त्री, विभिन्न राजनीतिक दलका शिर्षस्त नेता र प्रधानमन्त्री कहाँ समेत ज्ञापनपत्र बुझाउन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL