GBIME

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध मंसिरमसम्म थप


बिजखबर संवाददाता
15 October, 2022 9:44 am

List-of-Banned-Imported-Goods

काठमाडौँ । अत्यावश्यकबाहेकका केही वस्तुमा सरकारले लगाएको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिने भएको छ ।

NABIL
lAXMI_BANK

विदेशी मुद्राको सञ्चिती घटेसँगै वाणिज्य तथा आपूर्ति मन्त्रालयले गाडी, मोटरसाइकल, मोबाइल, मदिराको आयात प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध मंसिर मसान्तसम्म कायमै राख्न मन्त्रालयले सरकारलाई सिफारिस गरेको हो ।

सरकाले ३ सय डलरभन्दा माथिका स्मार्टफोन, १५० सीसीमाथिका मोटरसाइकल, गाडीलगायत १० वटा बस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध अझै २ महिना मन्त्रालयले लम्ब्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL