Logo

सरकारले खोल्यो सुपारी, केराउ र मरिचको आयात, तोकियो आयात गर्ने समय

सरकारले खोल्यो सुपारी, केराउ र मरिचको आयात, तोकियो आयात गर्ने समय



काठमाडौं । सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । उद्योग मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त वस्तुको आयात खुला गरेको हो ।

laxmi

सरकारले कोरोना समयमा उक्त बस्तुको आयातमा रोक लगाएको थियो । तर त्यसपछि उद्योगिक प्रयोगजनका लागि भन्दै २०७८ फागुनदेखि २०७९ असार मसान्तसम्म खुला गरिएको थियो ।

तर उद्योग मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै पुनः उक्त बस्तुको आयात खुला गरेको हो । हाल सरकारले प्रकाशित गरेको सूचना अनुसार २०८० असार मसान्तसम्म सुपारी, केराउन र मरिच आयात गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL