Logo

१ बर्षमा ५ हजार ९४३ जनाले गरे आत्महत्या, झुण्डिएर आत्महत्या गर्ने धेरै

१ बर्षमा ५ हजार ९४३ जनाले गरे आत्महत्या, झुण्डिएर आत्महत्या गर्ने धेरै



काठमाडौं । चालु आर्थिक बर्षको हालसम्म ५ हजार ९ सय ४३ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार एक बर्षमा उक्त संख्यामा आत्महत्याका घटना दर्ता भएका हुन् । जसमध्ये झुन्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी छ ।

laxmi

गत बर्षको साउनदेखि जेठ मसान्तसम्म ४ हजार ९ सय ५० जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यसमध्ये पनि सबैभन्दा धेरै प्रदेश–१ का नागरिक छन् । प्रदेश १ मा मात्रै १ बर्षमा १ हजार १ सय ७४ जनाले झुन्डिएर आत्महत्या गरेको उजुरी दर्ता भएका थिए । यस्तै लुम्बिनी प्रदेशमा ९ सय ६ जना र काठमाडौं उपत्यकामा ३ सय ४८ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयकाअनुसार यस अवधिमा विष खाएर ८ सय ९७ जनाले आत्महत्या गरेका छन् । विष खाएर आत्महत्या गर्नेमा मधेश प्रदेशमा सबैभन्दा धेरै अर्थात १ सय ६१ जना छन् । आगो लगाएर १३ जना, हाम फालेर ३८ जना, हात–हतियारको प्रयोग गरेर १७ जना र पानीमा हाम फालेर २८ जनाले आत्महत्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL