Logo

जोरविजोर प्रणालीको मापदण्ड जारी, क–कसलाई हुन्छ लागु ?

जोरविजोर प्रणालीको मापदण्ड जारी, क–कसलाई हुन्छ लागु ?



काठमाडौं । पछिल्लो समय बढ्दै गएको कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण सरकारले शुक्रबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरविजोर प्रणालीको घोषणा गरेको छ । जोर गते जोर र विजोर गते विजोर सवारीसाधन चलाउन पाईने उक्त प्रणालीमा निश्चित संस्था र सेवाका सवारीसाधनभने निर्वाध चल्न पाउने भएका छन् ।

laxmi

जसमा औषधि एवं औषधिजन्य पदार्थ बोकेका सवारीसाधन, दमकल, एम्बुलेन्स, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई भने छुट हुनेछ । यस्तै चालक र सहचालक मात्रै सवार निर्माण सामग्री बोक्ने सवारीसाधनलाई भने जोरविजोर प्रणालीमा छुट हुने जिल्ला प्रशासन कार्यालय ललितपुरको सूचनामा उल्लेख छ ।

यस्तै खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, मासुलगायत वस्तु बोकेका सवारीसाधनलाई पनि जोरविजोर प्रणाली लागु नहुने बताईएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी, संचारकर्मी, वायुसेवा कम्पनीका कर्मचारी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मीलगायतका सवारीसाधनलाई पनि निर्वाध चल्न दिईने बताईएको छ । तर, त्यस्ता सवारीसाधनका लागि सम्बन्धित व्यक्तिले सम्बन्धित कामको आधिकारिक परिचयपत्र भने देखाउनुपर्ने छ ।

जोरविजोर प्रणालीको मापदण्ड जारी, क–कसलाई हुन्छ लागु ?

प्रतिक्रिया दिनुहोस्
MBL