Logo

प्रिमियर इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता, प्रिमियर इन्स्योरेन्सका भुक्तानीहरु अब डिजिटल माध्यमबाटै

प्रिमियर इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता, प्रिमियर इन्स्योरेन्सका भुक्तानीहरु अब डिजिटल माध्यमबाटै



काठमाडौं । प्रिमियर इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट गर्न सक्ने गरी उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

laxmi

उक्त सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बनेको छ । यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

यसरी एनपीआईमा जोडिए पछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने कम्पनीको दावी छ । एनपीआईसँग गरिने उक्त साझेदारीमा प्रिमियर इन्स्योरेन्सको सफ्टवेयर पार्टनर अर्हान्त सोलुसन्सको पनि महत्वपूर्ण भूमिका रहेको छ जसले प्रिमियर इन्स्योरेन्स लगायत १७ अन्य र्निजिवन बीमा कम्पनीहरुलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी लाईफ तथा नन–लाईफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आइपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ७ लाईफ इन्स्योरेन्स कम्पनीहरुयस अघि नै एनपीआईमा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्नभुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ । यसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरुआबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्सकम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ६८ गैर—बैंकिङ संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL