Logo

परराष्ट्रमन्त्री र भारतीय राजदूतबीच भेट, रोकिएको १० लाख डोज कोभिशिल्ड अर्को साता आउने

परराष्ट्रमन्त्री र भारतीय राजदूतबीच भेट, रोकिएको १० लाख डोज कोभिशिल्ड अर्को साता आउने



काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय राजदूतत विनय मोहन क्वात्राबीच बुधबार भेटवार्ता भएको छ ।

डा. खड्का परराष्ट्रमन्त्री बनेपछि पहिलो पटक भेट गर्दै राजदुत क्वात्राले नेपालले यसअघि खरिद गरेको कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप अर्को साता नेपाल आईपुग्ने जानकारी गराएका छन् ।

नेपालले खोप खरिदका लागि भुक्तानी समेत गरिसकेको अवस्थामा भारतमै खोपको संकट भएपछि खोप निर्यातमा रोक लगाएको थियो । नेपालले भारतसँग २०७७ फागुनमा २० लाख डोज खोप खरिद गरेकोमा १० लाख त्यही महिना नेपाल आइपुगेको थियो भने बाँकी १० लाख रोकिएको थियो ।

भेटवार्तामा मन्त्री खड्का र राजदूत क्वात्रा बीचमा द्धिपक्षीय महत्वपूर्ण विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL