Global_Ime

धितोपत्र बोर्डको जिम्मेवारी निरज गिरीलाई, दैनिक कार्यसंचालनदेखि बोर्ड बैठक संचालनसम्मको अधिकार


बिजखबर संवाददाता
14 September, 2021 2:19 pm

niraj giri

काडमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डको दैनिक प्रशासन संचालन जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई दिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेसँगै गिरीलाई उक्त जिम्मेवारी दिइएको हो ।

Nabil
Yamaha

उक्त जिम्मेवारीसँगै गिरीले बोर्डको दैनिक प्रशासन संचालनसँगै बोर्ड बैंठक समेत बोलाउन सक्नेछन् । बोर्डका त बोर्डमा कुनै कारणले अध्यक्ष हटेको खण्डमा वरिष्ठ कर्मचारीलाई बोर्ड संचालनको जिम्मेवारी दिने चलन छ ।

बोर्ड नियामन निकाय भएको र सोको प्रमुखनै कार्यकारी अध्यक्ष हुने भएकाले कार्यबाहक अध्यक्षको जिम्मेवारी अन्य व्यक्तिलाई दिन मिल्दैन । सोहीअनुरुप अर्थले गिरीलाई बोर्डको दैनिक प्रशासन संचालनको जिम्मेवारी दिएको हो । यससँगै गिरीले बोर्ड प्रमुखको हैसियतमा संचालक समितिको बैठक बोलाउनुका साथै बोर्डका अन्य गतिविधि संचालन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom