Logo

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो, नेपाल र भारतजस्ता देशमा पेट्रोलियम पदार्थ महँगिने चिन्ता

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो, नेपाल र भारतजस्ता देशमा पेट्रोलियम पदार्थ महँगिने चिन्ता



काठमाडौं । तेल उत्पादक देशहरुको संगठन (ओपेक) ले अर्को वर्षसम्म पेट्रोलियम पदार्थको बजार कोभिड अघिकै अवस्थामा फर्किने प्रक्षेपण गरेको छ । ओपेकको एक रिपोर्टका अनुसार अहिले पनि पेट्रोलियम पदार्थहरुको माग कोरोना भाइरसको डेल्टा भेरियन्टको कारण पूर्व कोविड स्तरमा फर्किएको छैन ।

laxmi

तर अर्को बर्षसम्म पेट्रोलियम पदार्थको बजारमा मजबूत रिकभरी हुने रिपोर्टमा उल्लेख छ । सो समयसम्म प्रत्येक दिन कच्चा तेलको माग प्रति दिन १००.६ मिलियनसम्म ब्यारेल पुग्न सक्ने आपोकले प्रक्षेपण गरेको छ । ओपेकको पछिल्लो रिपार्ट सार्वजनिक भएसँगै सोमबार कच्चा तेल बजारमा उत्साह छाउँदै बजार मूल्यमा वृद्धि भएको थियो ।

सोमबार अमेरिकी बजारमा ब्रेन्ट क्रुड प्रति बैरल ०.५४ डलरको उछालसंगै ७३.५१ डलर प्रति व्यारेलमा बजार बन्द भयो । यस्तै डब्लुटीआइ क्रुडको मूल्य मा ०.४६ डलरले बढेर बजार बन्द भएको थियो । कारोबार बन्द हुँदा डब्लुटीआइ क्रुडको मूल्य ७०.४५ डलर प्रति ब्यारेल थियो ।
ओपेकको पछिल्लो रिपोर्टले पेट्रोलियम पदार्थको बजारमा स्थिरताको संकेत गरेसँगै कोभिडका कारण तल झरेको पेट्रोलियम पदार्थको मूल्यमा पुनः बढोत्ररीको संकेत मिलेको छ । जसका कारण भारतीय बजारमा पेट्रोलियम पदार्थ महँगो हुने आँकलन भारतीय व्यवसायीहरुले गरेका छन् ।
अन्तराष्ट्रिय बजारमा क्रुड आयल भनिने कच्चा तेलको मूल्य बढेमा भारतमा पेट्रोलियम पदार्थको मूल्य स्वतः महँगो हुनेछ । हाल नेपालले भारतबाट सीधै प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । भारतले कच्चा तेल बढेको अवस्थामा नेपाललाई दिदैं आएको पेट्रोलियम पदार्थको मूलयमा पनि वृद्धि गर्ने हुँदा नेपाली बजारमा पेट्रोलियम पदार्थ थप महँगो हुनेछ ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य

नेपालमा पेट्रोलियम पदार्थ विक्रीको जिम्मेवारी पाएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली अवलम्बन गर्दै आएपनि सरकारको दबाब र जनतालाई राहतका कारण अन्तराष्ट्रि बजारअनुरुप मूल्यवृद्धि गर्न नपाउँदा घाटा बेहोरिरहेको बताउँछ । निगमले पछिल्लोपटक भाद्र ७ गतेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

निगमका अनुसार भाद्र ६ मा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएसँगै अहिले पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ भने डिजल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १२८, डिजल र मट्टीतेल प्रतिलिटर रु १११ मा बिक्री हुँदै आएको थियो । निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेर प्रतिसिलिण्डर रु एक हजार ४२५ मा कारोबार हुँदै आएको ग्यासको मूल्य रु एक हजार ४५० पुर्याएको थियो ।

यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु दुईले वृद्धि भई रु ८६ पुगेको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।

निगमका अनुसार मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ । निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई रु ९६ करोड नौ लाख घाटा भइरहेको निगम बताउँछ ।

निगमका अनुसार पेट्रोलमा कूल रु १९ करोड, डिजलमा रु १९ करोड छ लाख र खाना पकाउने एलपी ग्यासमा रु ६२ करोड २२ लाख बराबरको घाटा रहेको छ । निगमका अनुसार अहिले पनि भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL