Logo

अहिलेको सरकारले कुनै काम नै गरेन, आगामी बैशाखमा पनि मेलम्चीको पानी आउँदैन : ओली

अहिलेको सरकारले कुनै काम नै गरेन, आगामी बैशाखमा पनि मेलम्चीको पानी आउँदैन : ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखसम्म पनि मेलम्चीको पानी काठमाडौं नआउने दाबी गरेका छन् । अहिलेको सरकारले पानी ल्याउनेगरि कुनै काम नै नगरेको उनको दाबी थियो ।

laxmi

मंगलबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यो सरकारले काम गर्दैन् । गफ गरेर पानी आउँदैन् । म सुन्नेगरि भन्न चाहन्छु, यो सरकारले बैशाखसम्म मेलम्चीको पानी ल्याउँदैन् ।’

उनले एमाले अहिले डेढ वर्षको लागि मात्रै प्रतिपक्षमा गएको सुनाए । उनले यो देशको लागि ठूलो कुरा नभएको पनि टिप्पणी गरे । तर, देशमा अस्वस्थ प्रतिष्पर्धाको राजनीति हुनु चाहीँ गलत भएको उनको भनाई छ । उनले माधव नेपालसहितका नेताहरु चन्द्रागिरी रिसोर्टमा गएर बसेको विषयलाई बलजफ्ती अपहरण शैलीमा सांसदलाई लगिएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL