Logo

रिट्रिटका लागि सार्कका पाहुना धुलिखेलमा, साँझ ६ बजे राष्ट्रपतिको रात्रीभोज

रिट्रिटका लागि सार्कका पाहुना धुलिखेलमा, साँझ ६ बजे राष्ट्रपतिको रात्रीभोज


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ मंसिर, काठमाडौ । रिट्रिटका लागि सार्कका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरु धुलिखेल पुगेका छन् । तर, रिट्रिटका लागि प्रधानमन्त्री सुशील कोइराला अलि अघि धुलिखेल  पुगेका थिए । सार्कका अध्यक्ष समेत रहेका कोइराला सार्कमा आएका पाहुनाहरुको स्वागत तथा रिट्रिटको व्यवस्था बारे जानकारी सवैभन्दा पहिला लिन धुलिखेल पुगेका हुन् ।

अन्य देशका सरकार तथा राष्ट्र प्रमुखहरु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत धुलिखेल गएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने रिट्रिट कार्यक्रममा गएकी छैनन् । उनी स्वस्थ्य अवस्था केही खराव भएको भन्दै धुलीखेल नगएकी हुन्

धुलिखेलमा सार्कको पाहुनाको सुरक्षा व्यवस्थापन गर्ने जिम्मा सेनालाई दिइएको छ । सरकार प्रमुखको लागि धुलिखेल र भक्तपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सेनाले हवाइ गस्ती गरिरहेको छ । साथै, अरनिको राजमार्गमा सवारीका साधन सन्चालनमा रोक लगाइएको छ ।

धुलिखेल पुगेका सार्क सदस्य राष्ट्र प्रमुख तथा भीभीआईपीहरु धुलिखेल रिट्रिटपछि दिउँसो २ बजे काठमाडौ फकिर्एर लगत्तै सार्क सम्मेलन समापन कार्यक्रममा सहभागी हुने छन् ।

राष्ट्रपतिको रात्रीभोज

राष्ट्रपति डा. रामबरण यादवले सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख तथा अन्य विशिष्ट अतिथिहरुका साँझ ६ बजे रात्रीभोज आयोजना गरेका छन् । राष्ट्रपति यादवले विदशी पाहुनाको सत्कारको लागि रात्रीभोजको आयोजना गरेका हुन् । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अफगानिस्तानका राष्ट्रपति असरफ घानी र श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपाक्ष आजै स्वदेश फकिर्ने कार्यक्रम रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL