Logo

निषेधाज्ञा खुकुलो भएसँगै पुनः उकालो लाग्यो कोरोना संक्रमितको संख्या, निको हुनेभन्दा संक्रमित हुने बढी

निषेधाज्ञा खुकुलो भएसँगै पुनः उकालो लाग्यो कोरोना संक्रमितको संख्या, निको हुनेभन्दा संक्रमित हुने बढी



काठमाडौं । पछिल्लो समय सरकारले जारी निषेधाज्ञा खुकुलो गरेसँगै कोरोना संक्रमितको संख्या पुनः उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै नेपालभरमा संक्रमित हुनेको संख्या बढेर २ हजार ६ सय ३४ पुगेको हो । यो अघिल्लो दिनको तुलनामा ८ सय ८९ जनाले बढि हो ।

सोमबार कूल ११ हजार ५ सय २७ जनाको परिक्षण गर्दा १ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको थियो । तर निको हुनेको संख्या संक्रमितको भन्दा बढि अर्थात २ हजा २ सय ११ जना थियो ।

तर, मंगलबार भने यो संख्यामा वृद्धि भएको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज निको हुनेको भन्दा संक्रमित हुनेको संख्या १ हजार ६९ जनाले बढी हो । आज यसबाट निको हुनेको संख्या १ हजार ५ सय ६५ मात्रै छ ।

नेपालमा हालसम्म ६ लाख १२ हजार ९ सय ९४ जनाले कोरोनाबाट मुक्ती पाएका छन् । यस्तै संक्रमित हुनेको संख्या भने ६ लाख ४८ हजार ८५ रहेको छ । हालसम्म कोरोनाकै कारण ९ हजार २ सय ६३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL