Logo

काठमाडौं उपत्यकामा मंगलबारबाट के–के गर्न पाइन्छ, के–के गर्न पाइँदैन ? (सूचनासहित)

काठमाडौं उपत्यकामा मंगलबारबाट के–के गर्न पाइन्छ, के–के गर्न पाइँदैन ? (सूचनासहित)



काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएको छ । सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मंगलबारबाट लागू हुनेगरी सार्वजनिक यातायातसहित पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सार्वजनिक यातायातको हकमा २५ सिटभन्दा बढी क्षमताका सावजनिक सवारी जोरविजोरका आधारमा सञ्चालन हुनेछन् । तर, चालक र यात्रुले स्वास्थ्य सापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।

भौतिक दूरी कायम गर्ने, चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था मिलाउने, दैनिक सवारी साधन निसंक्रमण गर्नुपर्ने भएको छ ।

यस्तै सभा सम्मेलन तथा नित्य पूजा गर्न बन्देज लगाइएको छ । सैलुन, व्यूटी पार्लर, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु पनि खोल्न दिइएको छैन् । ट्युसन सेन्टर, तालिम केन्द्र, कलेज विद्यालय भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL