Global_Ime

काठमाडौं महानगरपालिकाले राहत र उद्धारका लागि मेलम्ची नगरलाई दुई करोड सहयोग दिने


बिजखबर संवाददाता
17 June, 2021 2:50 pm

काठमाडौं । काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

Nabil
Yamaha

नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् ।

मेलम्ची नदीमा आएको बाढीले गरेको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गरिने प्रमुख शाक्यले जानकारी दिए । मेलम्ची काठमाडौं महानगरसँग भगिनीसम्बन्ध स्थापित नगर हो ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom