Logo

असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह, आन्तरिक राजस्व विभागले जारी गर्याे सूचना

असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह, आन्तरिक राजस्व विभागले जारी गर्याे सूचना



काठमाडौं । सरकारले आगामी असार २५ गतेसम्म कर तिरिसक्नुपर्ने गरी सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।

laxmi

विभागले आफ्नो सूचनामार्फत २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्ने गरी आग्रह गरेको छ ।

यस्तै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL