Logo

रेष्टुरेण्ट व्यवसायीले मागे कोरोना खोप, बुझाए स्वास्थ्यमन्त्रीलाइ ज्ञापनपत्र

रेष्टुरेण्ट व्यवसायीले मागे कोरोना खोप, बुझाए स्वास्थ्यमन्त्रीलाइ ज्ञापनपत्र



काठमाडौं । रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोप माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङंलाई ज्ञापन पत्र बुझाएका छन् ।

लकडाउनले आर्थिक मारमा परेका रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा दोहोरो मार परेको भन्दै व्यवसायीले स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

‘कोरोनाले रेष्टुरेण्ट व्यवसाय तथा यसमा आवद्ध श्रमीकहरु विशेष मारमा परेको र जीवनयापन गर्न असहज वातावरण सिर्जना भएको जानकारी गराउँदै उनीहरुको हक हित र सुरक्षाका लागि सम्पूर्ण श्रमजीविलाई यथाशिघ्र प्राथमिकतामा राखेर कोभिड खोप उपलब्ध गराउन माग गर्दछौं,’ ज्ञापनपत्रमा लेखिएको छ ।

स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै द बर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेन समुहका संस्थापक वसन्त लामाले भने, ‘गत वर्षदेखि नै हामी लक डाउनको मार खेपिरहेका छौ ।

त्यसमाथि हाम्रा श्रमजीविले समयमै खोप नपाउँदा हाम्रो व्यवसाय र लाखौं मानिसको जीवन असुरक्षित भएको छ ।’ विभिन्न उमेर समुह र फ्रन्ट लाईनरले खोप पाउँदा मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान गर्ने रेष्टुरेण्ट क्षेत्रलाई भने ओझेलमा पारिएको प्रति गुनासो पनि गरेका छन् ।

‘हाम्रा श्रमजीविले समयमा खोप नपाउँदा हाम्रो व्यवसायसंगै मजदुर र करोडौं उपभोत्ताको पनि जीवन जोखिममा परेको छ,’ व्यवसायी पासांग घिसिगंले सुनाए ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री तामाङले अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिने बताए । उनले भने, ‘पहिलो चरणमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर समुह र फ्रन्ट लाईनरलाई खोप लगायौं । अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिनेछ ।’

रेष्टुरेष्ट व्यवसायी र त्यस क्षेत्रमा कार्यरत मजदुरलाई खोप लगाउने विषयमा मन्त्रालय छलफल गरिरहेको समेत बताए । होटल तथा रेष्टुरेण्टबाट ६ लाख भन्दा धेरै मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL