Logo

‘स्टक मार्केट’बाट कसरी बाहिरिने ? यस्ता छन् पाँच रचनात्मक लगानी उपाय

‘स्टक मार्केट’बाट कसरी बाहिरिने ? यस्ता छन् पाँच रचनात्मक लगानी उपाय



काठमाडौं । धेरै लगानीकर्ताहरुका लागि सेयर मार्केटमा लगानी गर्नु भनेको कन्फ्युजिङ र अनिश्चित हुन्छ । यस्तो अनिश्चित र अप्रत्याशित नतिजाका कारण धेरैजसो लगानीकर्ताहरु सेयरबजार बाहिर लगानी गर्ने बारे सोच्न बाध्य हुन्छन् । यदि तपाईँहरु पनि सेयर बजार बाहेक अन्य बाहिर लगानी गर्ने सोचमा हुनुहुन्छ भने तलका ५उपाय महत्वपुर्ण हुनसक्छन् ।

laxmi

न्युयोर्क टाईम्सका अनुसार अमेरिकाका ८४ प्रतिशत सेयर लगानीकर्ताहरु १० प्रतिशत धनी अमेरिकी नागरिकभित्र पर्दछन् । जसमा पेन्सन, अवकास कोस, म्युचुअल फण्डलगायत समावेश हुन्छन् । तर, अमेरिकाका आधा घरधुरीले आफ्नो लगानी सेयर बजारमा गर्दैनन् ।

तपाईहरु पनि सेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्न भने तपाईँ एक्लै होईन । तर तपाईँ कुनै रिस्क नलिईने खालको लगानी गर्न चाहानुहुन्छ भने यी ५ लगानीका उपायहरु उपयुक्त हुन सक्छन् ।

आफ्नो सानो लगानीको व्यवसाय सुरु गर्ने

यदि तपाईँले आफ्नै लगानीको सानो विजनेस सुरु गरेको खण्डमा धेरै रिस्क लिनुपर्छ भन्ने हुँदैन । यस्तै यसमा गरिएको लगानी कहिले एक्कासी घट्ने र कहिले एक्कासी बढ्ने भन्ने हुँदैन ।

आफ्नो साथीको विजनेसमा लगानी गर्ने

यदि आफ्नै विजनेस नभएपनि आफ्नो साथीको विजनेसमा मिलेर लगानी गर्न सकिन्छ । यस्तै साथीसँग मिलेर नयाँ विजनेस सुरु गर्नसमेत सकिन्छ । जुन तपाईँका लागि एक अवसर पनि हुनसक्छ । तर यसरी साथी या पारिवारिक लगानीका विजनेसमा लगानी गर्दा आफुले फिर्ता पाउने लाभांसको बारेमा भने अध्ययन गर्नुपर्ने हुन्छ ।

जग्गामा लगानी गर्ने

जग्गामा लगानी गर्नु पनि एक महत्वपुर्ण क्षेत्र मान्न सकिन्छ । जग्गामा लगानी गरे जग्ग घट्ने भन्ने हुँदैन । तर, जग्गाको मूल्य भने लगातार बढिरहेकै हुन्छ ।

बैकल्पिक सम्पत्ति

तपाईँले स्टक मार्केटको सट्टा बैंकल्पिक सम्पत्ति जस्तै ः सुन, हिरालगायतमा लगानी गर्न सक्नुहुन्छ । जसको मूल्य लगानीअनुसार दिनप्रतिदिन बढिरहेकै हुन्छ ।

वेबसाईटमा लगानी

,तपाईँलाई इन्टरनेटको भरपुर फाईदा उठाउने उपाय छ या राम्रा कन्टेन्टहरु उत्पादन गर्न सक्ने क्षमता भए वेबसाईट बनाएर कन्टेन्ट बेच्न सक्नुहुन्छ । वेबसाईटमा लगानी गर्न धेरै पैसाको आवश्यकता पनि पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
MBL