Logo

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट ‘निकै खतरनाक’, प्रतिरक्षा प्रणाली नै नष्ट गर्ने बैज्ञानिकको दाबी

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट ‘निकै खतरनाक’, प्रतिरक्षा प्रणाली नै नष्ट गर्ने बैज्ञानिकको दाबी



काठमाडौं । पछिल्लो समय छिमेकी देश भारत कोरोना महामारी (कोभिड–१९) संक्रमणको नयाँ भेरियन्टको चपेटामा छ । जसका कारण भारतमा दैनिक ४ लाखको हाराहारीमा दैनिक नयाँ संक्रमित थपिइरहेका छन् भने दैनिक ४ हजारकै हाराहारीमा संक्रमितले ज्यान गुमाइरहेका छन् । अहिले भारतमा कोरोना नियन्त्रण बाहिरको अवस्थामा छ ।

laxmi

यस्तोमा भारत सरकारले कोरोनाको नयाँ भेरियन्ट रोक्न विभिन्न प्रयास पनि गरिरहेको छ । भारतले नयाँ भेरियन्टका सम्बन्धमा अध्ययन गर्न बनाएको वैज्ञानिक सल्लाहकारहरुको एक समूहले भने अध्ययनपछि चिन्ताजनक निष्कर्ष निकालेका छन् ।

बैज्ञानिकहरुका अनुसार हाल भारतमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले शरीरको प्रतिरक्षा प्रणालीलाई नै ठूलो असर पार्ने देखिएको छ । उनीहरुका अनुसार र्भारस विस्तार प्रक्रियाले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई नै नष्ट गरेको फेला परेको हो ।

उक्त समूहका एक विज्ञले हाल फैलिएको नयाँ भेरियन्ट फैलने दरलाई हेर्दा यसले मानिसको प्रतिरक्षा प्रणालीलाई नष्ट गर्दै फैलिएको पत्ता लागेको बताएका छन् । तर, मानव शरीरमा तीव्र रुपमा विस्तार भइरहेको भाइरस कुन भेरियन्टको हो भनेर पत्ता लागेको अवस्था छैन ।

उक्त समुहले भाइरसको प्रतिक्रिया बुझ्नलाई भन्दै विभिन्न १० ओटा राष्ट्रियस्तरका अनुसन्धान प्रयोगशालाहरु प्रयोगमा ल्याएको छ । हाल भारतमा तीव्र रुपमा विस्तार भईरहेको नयाँ भेरियन्ट कुन भेरियन्ट हो भनेर वैज्ञानिकहरु थप खोजमा तल्लीन भएका छन । तर, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने भारतमा फैलिइरहेको नयाँ भेरियन्ट पनि बेलायत र ब्राजिलबाट आएको जनाएको छ । तर, भारतमा भन्दा बेलायत र ब्राजिललगायत दक्षिण अफ्रिकामा बढी यो भेरियन्ट फैलिएको पाईन्छ ।

भारतीय विज्ञहरुको समुहले नयाँ भेरियन्टलाई निश्कर्षसहित थप अनुसन्धान गर्नुपर्ने भन्दै यसको तीव्र अनुसन्धानलाई अघि बढाएका छन् ।
शनिबार मात्रै एकैदिन भारतमा ४ लाख जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो । जसका कारण राजधानी नयाँ दिल्लीलगायत ठुला शहरहरुमा स्वास्थ्य सेवामा ठुलो संकट छाएको छ ।-अन्तराष्ट्रिय समाचार माध्यमको सामग्रीमा आधारित अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL