Logo

नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभा आइतबारदेखि, देशभरका एक हजार बढी व्यवसायीको सहभागिता रहने

नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभा आइतबारदेखि, देशभरका एक हजार बढी व्यवसायीको सहभागिता रहने



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभा आइतबार (चैत्र २९) देखि काठमाडौस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु हुँदैछ । देशभरका एक हजारभन्दा बढी व्यवसायीहरूको सहभागिता रहने साधारण सभाको बन्द सत्र भने चैत्र ३० गते सोही स्थानमा हुने भएको छ ।

महासंघका अनुसार साधारण सभाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङबाट हुनेछ । कोभिड–१९ को सङ्क्रमणका बीच निर्माण उद्योग थप समस्याग्रस्त भएकाले यो सहित अन्य समसामयीक विषयमा छलफल भई साधारण सभाको अन्त्यमा महासंघको काठमाडौं घोषणापत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले बताए ।

दाहालका अनुसार साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । साधारण सभाको उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्बाङबाट निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरुको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन गरिनेछ ।

सोही अवसरमा निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेहरूलाई सम्मानसमेत गरिनेछ । कार्यक्रमस्थलमा निर्माण उपकरण सहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित ३० वटा प्रदर्शनी कक्षहरु पनि राखिने महासचिव दाहालले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL