Logo

नाकामा अवरोध नगर्न महासचिव मुनको आग्रह,लोकतन्त्र, शान्ती र समृद्धिमा सहयोग गर्ने प्रतिवद्धता

नाकामा अवरोध नगर्न महासचिव मुनको आग्रह,लोकतन्त्र, शान्ती र समृद्धिमा सहयोग गर्ने प्रतिवद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव वानकी  मुनले बिना कुनै ढिला सुस्ति नेपाल – भारत सीमामा देखिएको अवरोध हटाउन आग्रह गरेका छन् ।

राष्ट्रसंघले एक विज्ञप्ति जारी गर्दै सीमाबाट अत्यावश्यक सामान ढुवानीमा देखिएको अवरोध प्रति चिन्ता ब्यक्त गरेको हो । विज्ञप्तिमा नेपालको पारवाहन अधिकार माथि कुनै प्रकारको अवरोध नहुने गरि तत्काल सीमा खोल्न आग्रह गरिएको छ ।

मुनले विज्ञप्तिमा अहिंसात्मक आन्दोलन, प्रदर्शन गर्न पाईने र समस्या समाधानका लागि वार्तामा जोड दिनु पर्ने बताएका छन् । साथै नेपालको लोकतन्त्र, शान्ती र समृद्धिमा राष्ट्रसङ्घको सहयोग रहने जानकारी दिएको छ ।

गैर आवासीय नेपाली प्रतिनिधिमण्डलल र नेपालीहरुले भारतीय नाकाबन्दी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन र महासचिवलाई त्रापनपत्र बुझाएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL