Logo

कर सम्वन्धी अन्तरक्रिया सम्पन्न, व्यवसाय गर्न मुलुकको विधान अध्ययन गर्न सुझाव

कर सम्वन्धी अन्तरक्रिया सम्पन्न, व्यवसाय गर्न मुलुकको विधान अध्ययन गर्न सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चौथो राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा ‘करदाता र कर प्रशासनको दायित्व’ शिर्षकमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
करदाता सेवा कार्यालय नया सडकले आयोजना गरेको कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले कर प्रशासन र व्यवसायी सधै सुधारको प्रकृयामा रहने बताए ।

महानिर्देशक शर्माले व्यवसायीहरु व्यवसाय गर्न जान्ने, संसारका कुनै कुनामा भएका उत्पादन ल्याउन सक्ने, तर कर कानुनको वारेमा थाहा भएन भनेर उम्किन नपाउने बताए । साथै आआफ्नो व्यवसाय सञ्चालन गर्न मुलुकको विधि विधान राम्रोसंग  अध्ययन गर्न पनि सुझाव दिए । ‘करका दरहरु जहा“ बढी हुन्छ, त्यहा“ चुहावटको संभावना बढी हुन्छ उनले भने ।

महानिर्देशक शर्माले मंसिर ७ गते चौथो राष्ट्रिय कर दिवसको समापनका अवसरमा आन्तरिक राजस्व विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, आर्थिक पत्रकार समाजको आयोजनामा आन्तरिक राजस्व विभाग अन्तर्गतका राजधानीका कार्यलयहरुबाट ३\३ जना व्यवसायी र एक जना कर्मचारीलाई पुरस्कृत गर्न लागेको समेत जानकारी दिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. २ का प्रमुख कर प्रशासक  अर्जुनप्रसाद पोख्रेलले व्यवसायीबाट प्राप्त भएका सुझावलाई कार्यान्वयन गर्दै जाने बताए ।
आन्तरिक राजस्व विभागका निर्देशक नरनाथ गिरीले व्यवसायीबाट उठेका जिज्ञासाहरुको समाधान गरेका थिए ।

कार्यक्रममा आर बी कम्प्लेक्स, खिचापोखरी व्यापार संघ, मारवाडी सेवा समिति, सुरज आर्केड, पशुपति प्लाजा, पिपल्स प्लाजा, ताम्राकार कम्प्लेक्स, काठमाडौं मल, नेपाल व्यापार संघ, विशाल बजार व्यापार संघलगायतका १८ वटा संघसंस्थाका प्रतिनिधि र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL