Logo

केएल टावरको दशैं तिहार उपहार योजनाको विजेता घोषणा, कस्ले के पाए

केएल टावरको दशैं तिहार उपहार योजनाको विजेता घोषणा, कस्ले के पाए



काठमाडौं । चाबहिलमा रहको केएल टावरले रमाईलो दशैं तिहार योजनाको उपहार वितरण गरेको छ । टावरले संचालन गरेको उक्त योजनाको विजेता दिब्यन्त ढुंगानाले टिभिएसको अपाची आरटीआर मोटरसाइकल हात पारेका छन ।

बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहार लगायतका पुरस्कार वितरण गरेको हो । त्यस्तै सम्पूर्ण कोइरालाले टिभिएसको जुपिटर क्लासिक स्कुटर पाएका छन भने पदम कार्कीले टिभिएसकै विगो स्कुटर जितेका छन् । यसैगरी संगिता भुजेलले बैंकक घुम्ने अवसर पाएकी छिन ।

रमाईलो दशैं तिहार योजना अन्तरर्गत कम्पनीले मेला अवधि भित्रै दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन, लगायतका उपहार वितरण गरेको थियो भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिज लगायतका घरायसी सामान उपलब्ध गराएको थियो ।

असोज १९ गतेदेखि सुरु भएको रमाईलो दशँै तिहार योजना कात्तिक ३० गतेसम्म संचालन भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL