Logo

दशैंमा हुण्डाईको फ्रि चेकअप क्याम्प, क्याम्प ३ दिन चल्ने

दशैंमा हुण्डाईको फ्रि चेकअप क्याम्प, क्याम्प ३ दिन चल्ने



काठमाडौं । लक्ष्मी इन्टर कन्टीनेन्टल प्रालिले फ्रि चेकअप क्याम्प स्थापना गरेको छ ।

कम्पनीले बिर्तामोड, काँकड्भित्ता रोड, इटहरी, जनकपुर, ढल्केबर, सिद्धार्थ रिसोर्ट, भरतपुर, चौराहा (बुटवल), कोहलपुर चोक लगयतका स्थानहरुमा सो सेवा उपलब्ध गराउने भएको छ ।

दशैं लक्ष्ति गर्दै हुण्डाईको अधिकृत बिक्रेता सो प्रालिले हुण्डाई हाईवे इन्स्योरेन्स हुण्डाई गाडीहरुको लागि फ्रि चेकअप क्याम्प स्थापना गरेको हो ।

प्रालिले कम्पनीको गाडी राजमार्गमा केही समस्या आएमा फ्रि चेपअप गर्ने भएको हो । साथै कम्पनीले आवश्यक लुब्रीक्यान्ट तथा कुलान्टको मात्रा कम भएमा निशुल्क थप गरिदिने ब्यवस्था समेत गरेको छ ।

यो सेवा असोज २९ देखी ३१ गते सम्म रहने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL