Logo

करीव ९ अंकले घट्यो नेप्से, ६६ करोडको कारोवार

करीव ९ अंकले घट्यो नेप्से, ६६ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१५ भदौ,काठमाडौं । मंगलवार नेप्से परिसुचक ८ दशमलव ८१ अंकले ओरालो लागेको छ । सो दिन बजार १ हजार १ सय ९१ दशमलव ३४ अंकमा झरे बन्द भएको हो ।

सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ६५ दशमलव ९३ अंकले ओरालो लागेको छ । त्यस्तै बैंकिङ समुहको १३ दशमलव १९,जलविद्युतको ११ दशमलव २४ र अन्य समुहको परिसुचक ३ दशमलव ५२ अंकले ओरालो लागेको छ ।

यता होटल, उत्पादन, विकास बैंक तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः २९ दशमलव ०२, २८ दशमलव ३९,५ दशमलव ५७ र १ दशमलव ९७ अंकले उकालो लागेको छ ।

१ सय ३६ कम्पनीको १२ लाख १९ हजार ५ सय ६२ कित्ता सेयर किनबेचबाट ६६ करोड ४० लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL