Logo

नेप्सेमा युटर्न, किन उचालियो बजार, यस्तो छ कारण ?

नेप्सेमा युटर्न, किन उचालियो बजार, यस्तो छ कारण ?



काठमाडौं । लामो समयदेखि ओरालो लागेको नेप्से परिसुचकले एकाएक बृद्धिको बाटो समातेको छ । साताको पहिलो दिन अर्थात आज लगानीकर्ताले सोचेभन्दा बजार उच्च अंकमा बढ्न पुगेको छ ।

पछिल्लो समयको घट्दो बजारमा एकैपटक धेरै अंकको बृद्धि हुनु बजारका लागि राम्रो संकेत नभएको नेपाल इन्भेष्र्स फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरेले बताए । ‘यदि बजारले दिगो रुपमा बृद्धिको बाटो समात्न खोजेको थियो भने आज सामान्य दोहोरो अंक अर्थात १२÷१४ अंकले बढ्न पथ्र्यो,’ उनले भने, ‘घट्दो बजारमा जसरी एकैपटक ५० अंकको बृद्धि गराइयो यो प्राकृतिक नभई कृतिम बृद्धि हो ।’ यसरी बजारमा उचारचढाव आउनु भनेको केही दिनमै पुनः गिरावट आउने संकेत हो ।

घिमिरेका अनुसार यस्ता खालका बृद्धिका साधारण लगानीकर्ताहरु बढी मारमा पर्नेछन् । ‘आज बजारमा नेप्से परिसुचक उच्च रुपमा बढ्नुका साथै कारोबार रकम पनि बढेको छ,’ उनले भने, ‘यसमा केही लगानीकर्ता र ब्रोकर बाहेक अरुले कमाउँदैनन् ।’ अहिलेकै अवस्थामा बजार बढ्ने कुनै आधार समेत नभएको उनको तर्क थियो । अहिले उच्च ब्याजदर छ भने सोही अनुरुप बजारमा सेयर फ्लो समेत बढिरहेको छ । बजारमा दिर्घकालिन बृद्धिका लागि कुनै उपाय नल्याएको अवस्थामा यसरी बजार बढ्नुमा सिमित व्यक्तिको स्वार्थ मात्र भएको उनको आरोप थियो ।

आजको बजारको बृद्धि रक्सी खुवाएर छोडेको साढेजस्तो भएको एक लगानीकर्ताले जानकारी दिए । ‘रक्सी खुवाएर छोड्ने वित्तिकै साढे उफ्रेर विना बाटो जथाभावी दौडिएको छ,’ ती लगानीकर्ताले भने, ‘रक्सीले छाडेपनि पुनः आफ्नै लयमा फर्कने छ ।’ अहिले नेप्से परिसुचक केही बढाएर बजारमा सर्वसाधारण लगानीकर्तालाई आकर्षित गर्ने काम भइरहेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।्

तर, एकथरी लगानीकर्ता भने बजारमा म्युचुअल फण्ड प्रवेश गर्न थालेकाले नेप्से परिसुचक बढेन् थालेको बताउँछन् । आज बजारमा केही म्युचुअल फण्डहरु प्रवेश गरेको एक ब्रोकर कम्पनीले जानकारी दिएको छ । लामो समय पर्ख र हेरको अवस्थमा बसेका म्युचुअल फण्डहरु बजारमा प्रवेश गर्न थालेका सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय करिव ३ सय अंकले घटेको बजार १ हप्ताको बीचमा १ सय अंकको बृद्धि भएको छ । बजारमा आजैमात्र ४४ दशमलव २६ अंकको बृद्धि हुन पुग्यो । आईतबार बजारमा नेप्से परिसुचक र कारोबार रकम दुबै उकालो लागेका छन् ।

बजारमा करिब ९२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ७६ कम्पनीको २३ लाख १२ हजार कित्ता सेयर कारोबार भएका छन् । आईतबार सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये बीमा समुहको परिसुचक सबैभन्दा बढी ३ सय ५८ अंकले उकालो लागेको छ । यसैगरी नेप्सेमा बढि प्रभाव रहेको बैंकिङ समहुको परिसुचक पनि ३३ अंकले उकालो लागेको लागेको छ । आईतबार बजारमा सबै समुहका परिसुचकमा उच्च अंकको बृद्धि भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL