Logo

साढे ३ अंकले बढ्यो नेप्से, ३५ करोडको कारोवार

साढे ३ अंकले बढ्यो नेप्से, ३५ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२९ माघ,काठमाडौं । विहीवार नेप्से परिसुचक ३ दशमलव ५० अंकले बढेको छ । सो दिन ९ सय ८४ अंकमा पुगेर बजार बन्द भएको छ । बजारमा बढी प्रभाव पार्ने बैंक तथा बीमा समूहको परिसुचक बढेको छ ।

बैंकिङ समुहको परिसुचक १ दशमलव १५ अंकले बढेको छ । त्यस्तै विकास बैंक ,फाइनान्स, बीमा, उत्पादन र अन्य समूह्को परिसुचक क्रमशः१० दशमलव ३९, ३ दशमलव २६, १९ दशमलव ७,१५ दशमलव ५६ र ४ दशमलव ७ अंकले बढेको छ ।

यता होटल तथा जलविद्युतको भने ५ दशमलव ०८ र १ दशमलव २१ अंकले घटेको छ ।
बिहीवार जम्मा ३५ करोड ९४ लाखको कारोवार भएको छ ।

१ सय ५५ कम्पनीको १० लाख ३३ हजार कित्ता सेयर बाट ३५ कोडको कारोवार भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL