Logo

एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा १५ प्रतिसतसम्म छुट

एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा १५ प्रतिसतसम्म छुट



काठमाडौं । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछन् । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्राइभेट लिमिटेडबीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदानगर्न लागीएको हो ।

सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी/परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछ्न । हस्पिटलले प्रदानगर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्सरे, फजियोथ्रापी रमेडिसीनमा एनएमबिबैंकका कर्मचारी/परिवारर ग्राहकले ५ प्रतिशत देखि १५ प्रतिशत सम्म छुट पाउनेछन् ।

सम्झौताले बैंक कर्मचारी/परिवार तथाग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएकोछ । सम्झौतामा एनएमबिबैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र बुटवल हस्पिटल प्राइभेट लिमिटेडका अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ, मोबाइल बैकिङ, कर्पोरेट पे, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्