काठमाडौं । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आम सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो । जसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेर बाँडफाँट भइसकेको छ।
कम्पनीले बाँकी रहेको ३५ लाख ७४ हजार ५२३.७० कित्तामध्ये १ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानी कोषका लागि र ७९ हजार ४३३.८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ।
यसरी अन्त्यमा बाँकी रहेको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यसमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।