Logo

कालिञ्चोक दर्शनको आइपिओ आजदेखि खुला, यसरी गर्न सकिन्छ आवेदन

कालिञ्चोक दर्शनको आइपिओ आजदेखि खुला, यसरी गर्न सकिन्छ आवेदन



काठमाडौं । दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको कालिञ्चोक दर्शनले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणकाले आजदेखि माघ ६ गतेसम्म आवेदन दिन सक्ने छन् । यस भन्दा अगाडी प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सार्वजनिक निष्काशन गरिसकेको कालिञ्चोकले आजदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा आठ लाख ९६ हजार चार सय कित्ता अन्य सर्वसाधारण नेपालीका लागि बिक्री खुला गरेको हो ।

laxmi

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड को १८ प्रतिशतले हुने १० करोड ८० लाख बराबरका १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरिसकेको छ ।

त्यसैगरी दुई प्रतिशतले हुने २१ हजार ६ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार चार सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सर्वसाधारणका लागि छुट्टाइएको ८ लाख ९६ हजार ४०० कित्ता शेयर केबल ८९ हजार ६४० जनाले मात्रै प्राप्त गर्नेछन् । तर प्राथमिक आवेदन कर्ता १५ लाख नाघ्ने देखिन्छ । यसले गर्दा अधिकतम १० कित्ताको लागि मात्रै आवेदन दिए पुग्छ ।

निष्कासन गरिने सेयरमा सर्वसाधारणले छिटोमा आगामी माघ ६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे माघ १७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौसय ९० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरी खरिदको आवेदन दिन सकिने छन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL