Logo

पूँजी बजारका समस्या समाधान गर्न अर्थले गठन गर्यो ४ सदस्यीय समिति, राष्ट्र बैंक र सेबोन समावेश

पूँजी बजारका समस्या समाधान गर्न अर्थले गठन गर्यो ४ सदस्यीय समिति, राष्ट्र बैंक र सेबोन समावेश



काठमाडौं । अर्थमन्त्रालयले पूँजी बजारमा देखिएका विद्यमान समस्या अध्ययन तथा समाधानका लागि ४ सदस्यीय सुझाव समिति गठन गरेको छ।
हाल पुँजी बजारमा अस्वभाविक गिरावट आएको भन्दै के कारण बजारमा गिरावट आएको हो सो विषयमा सुझव लिन समिति गठन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

‘हामीले आजैमात्र अर्थमन्त्रालय, राष्ट्र बैंक र धितोपात्र बोर्ड समेतको संलग्नतामा सुझाव समिति गठन गरेका छौं,’ धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा उनले भने, ‘समितिले दिएको सुझावको आधारमा पुँजी बजारमा देखिएका समस्या समाधान गरिने छ ।’

बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा गठित समितिमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि हुनेछन् । साथै मन्त्री शर्माले लगानीकर्ताको हितका लागि राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीच समन्वयात्मक सम्बन्ध र सहकार्य गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL