Logo

बजाजको नयाँ शोरुम प्यूठानमा, थ्रीएस सुविधा उपलब्ध

बजाजको नयाँ शोरुम प्यूठानमा, थ्रीएस सुविधा उपलब्ध



काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले प्यूठानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘न्यू विज्ञान सप्लायर्स’ संचालनमा ल्याएको छ । शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।

laxmi

अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको जनाएको छ । यस उद्देश्यलाई सार्थक बनाउन न्यू विज्ञान सप्लायर्स, प्यूठानका प्रोपराइटर सुशील कर्माचार्यलाई डिलरसीप प्रदान गरिएको छ ।

ग्राहकहरुलाई खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न प्रतिबद्धताका साथ बजाजले गुणस्तरीय र छिटो सुविधा सुनिश्चित गर्दछ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भने, ‘हामी प्यूठानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । प्यूठानमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL