Logo

नेपाली सडकमा सेरेसका ५ सयभन्दा बढी ईभी गुड्दै, २०२६ मा तीन नयाँ मोडल ल्याउने घोषणा

नेपाली सडकमा सेरेसका ५ सयभन्दा बढी ईभी गुड्दै, २०२६ मा तीन नयाँ मोडल ल्याउने घोषणा



काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको महत्वपूर्ण उपलब्धिको घोषणा गरेको छ।

यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गर्दछ। यस सफलताको अवसरमा सेरेसले एक विशेष केक काट्ने समारोह आयोजना गरिएको थियो। कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

“नेपालका सडकमा सेरेस गाडीको सङ्ख्या ५०० भन्दा बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नविनतम ईभी सोलुसन्सको प्रमाण हो।”,एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरियाले भने , “नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह बढ्दो छ भन्ने देख्दा हामी अत्यन्त उत्साहित छौँ। सेरेसको आधुनिक प्रविधि, बलियो प्रदर्शन र स्टाइलिश डिजाइन नेपाली प्रयोगकर्ताहरूको रोजाईसँग मेल खान्छ। यो उपलब्धिले सेरेसको अन्तर्राष्ट्रिय उत्कृष्टतासँगै नेपालको दिगो वातावरणमैत्री भविष्य निर्माणमा हाम्रो योगदानलाई पनि प्रष्ट पार्छ।”

सिलिकन भ्यालीबाट सुरु भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति कायम गरिसकेको छ र यूरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्ड समेत बनिसकेको छ। यस ब्रान्डले अमेरिका, चीन र इन्डोनेसियामा ६ वटा विशाल उत्पादन केन्द्र र अमेरिका, चीन, जर्मनी तथा जापानमा ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालन गरिरहेको छ। सेरेस ग्रुप चीनका नाफामा रहेका थोरै गाडी निर्माता कम्पनीहरूमध्ये एक हो। सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेर आफ्नो आर्थिक स्थायित्व र बजारको पकड प्रष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This